बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट भएर लाग्नु पर्छ : अर्थमन्त्री पौडेल

आर्थिक परिवेश

१५ भदौ, काठमाडौ ।   उपप्रधानमन्त्री एवं ले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिवार अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पहल गर्ने बताउनु भयो ।

त्यस कार्यमा समाजका सबै पक्षकोे साथ र सहयोग हुनुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो ।

बुटवलको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउनुभयो ।

अस्पतालका विभागीय प्रमुखहरुकोतर्फबाट डा वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि तीनगुणा बढी सेवाग्राहीलाई सेवा उपलब्ध गराउनुपरेको जानकारी गराउनुभयो ।

मा प्रकाशित