किसानहरूलाई भुक्तानी दिन दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण दिने सरकारकाे निर्णय

आर्थिक परिवेश
२० भदाै,  काठमाडौँ  ।  सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१/८२ मा भुक्तानी दिन बाँकी
रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
यस्तै मन्त्रीपरिषद् बैठकले पेरिस पाराओलम्पिकमा कास्यपदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद सहित सम्मानित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले पलेशा गोवर्धनका प्रशिक्षकलाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापकका लागि २ लाख ९२ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू भने भोली दिउँसो ३ बजे सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सञ्चार मन्त्री गुरुङले बताउनुभयो ।
मा प्रकाशित