०८असोज, काठमाडौंं । नेपालको पहिलो गर्भनर हिमालय शमशेर राणाको स्मृतीमा नेपाल राष्ट्र बैककले हिमालय शमशेर स्मृती प्रवचन कार्यक्रम मंगलवारबाट शुरु गरेको छ ।
नेपाल राष्ट्र बैकका संस्थापक गर्भनरले नेपालको मौद्रिक तथा आर्थिक विकासमा पुरयाउनु भएको योगदानको स्मरण गर्दै नेपाल राष्ट्र बैकले शुरु गरेको चरणवद्ध प्रवचन कार्यक्रम अन्र्तगत संचालन भएको यो पहिलो प्रवचन कार्यक्रम हो ।
कार्यक्रममा भारतको रिर्जव बैक अफ इन्डियाका गर्भनर शशीकान्त दासले एकाइशौं शताब्दीमा केन्द्रीय बैकिड.बदलिदो स्वरुप विषयमा प्रवचन प्रदान गर्नु भएको थियो ।
प्रवचन प्रदान गर्र्दै भारतीय गर्भनर दासले विश्वमा विकसित भएको प्रविधिको प्रयोग संगै केन्दीय बैकिडमा आएका चुनौतीहरु सामाना गर्दै अघि बढनु आवश्यक भएको बताउनु भयो ।
उहाँले मुल्य वृद्धिले आर्थिक वृद्धिमा समेत असर पुरयाइरहेको उल्लेख गर्दै त्यसतो अवस्थाबाट अर्थतन्त्रलाई सजगतापूर्वक अघि बढाउन केन्द्रिय बैकहरुले मौद्रिक नीतिका प्रावधानहरु अघि सानू पर्ने बताउनु भयो ।
उहाँले कृतिम बैद्धिकताले बैकिड क्षेत्रमा समस्या ल्याउन सक्नेतर्फ सजग भएर सञ्चार कार्यलाई समयानुकुल अघि बढाउन आवश्यक भएको समेत बताउनु भयो ।
कार्यकममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको मौद्रिक तथा वित्त नीति मार्फत नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नु भएका प्रथम गर्भनर हिमालय शमशेर राणाको स्मृतीलाई ताजा राख्न नेपाल राष्ट्र बैकले श्रडखलावद्ध रपमा प्रवचन कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
त्यस अवसरमा गर्भनर अधिकारीले स्वर्गीय हिमालय शमशेर राणाको योगदानको कदर गर्दै प्रदान गरिएको कदरपत्र उहाँको परिवारलाई प्रदान गर्नु भएको थियो ।
मा प्रकाशित