२५ कात्तिक, काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयाे ।
त्यस्तै डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि गरेको छ ।
सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
मा प्रकाशित