५ महिनामा विदेशमा पढन विद्यार्थीले ४७ अर्ब खर्च गरे

आर्थिक परिवेश

  ०४ माघ, काठमाडौँ  ।   देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या र उनीहरूले गर्ने खर्च उल्लेखनीय खर्च गरेकाे पाइएकाे  छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै  ४७ अर्ब ३४ करोड रूपैया  खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई  ८५ अर्ब एक करोड पुगेको छ ।

त्यसमध्ये शिक्षातर्पफको व्यय  ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय  ७५ अर्ब ७३ करोड रहेको थियो ।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय  ४० अर्ब ७१ करोड रूपैयाले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय  २६ अर्ब ५५ करोड रूपैयाले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भई  ३५ अर्ब १९ करोड रूपैया पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय  ३४ अर्ब १२ करोड रूपैया रहेको थियो ।

मा प्रकाशित