१० माघ,काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउने तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ ।
त्यसका लागि बैकले ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागु गर्न सुरुवात गरेको छ ।
वित्तीय सुधार कार्यक्रम कार्यान्वयनमा आएपछि निरन्तर मुनाफा हासिल गर्न सफल भएको बैँकले विज्ञप्तिमार्फत जनाइएको छ ।
विसं २०५८ मा लागू भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमपश्चात् प्रमुख परिसूचकहरूमा उल्लेख्य सुधार गर्दै आइरहेको बैकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
गत आव २०८०/८१ मा दुई अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको बैंकको २०८१ असार मसान्तसम्ममा अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ ।
बैंकमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । २०८१ असार मसान्तमा बैंकको पुँजी कोष ५२ अर्ब चार करोड पुगेको बैँकले जनाएको छ ।
बैंकले सर्वसाधारण तथा संस्थागत गरी करिब ४५ लाख ५० हजारभन्दा बढी निक्षेपकर्ताहरूबाट चालु आवको पुस मसान्तसम्ममा चार खर्ब ४७ अर्ब ३२ करोड निक्षेप परिचालन गरेको जनाएको छ ।
मा प्रकाशित