२६ माघ, काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक भएको देखिएको छ । सघीय सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ ।
प्रदेश सरकारहरुले चालु आवका लागि कूल २ खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका थिए ।
प्रदेश सरकारहरुले गत पुस मसान्तसम्ममा ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका छन् । यसले मुलुककाे समग खर्चकाे अवट्ठथा र पूँजीगत खर्चकाे लक्ष्य भेटाउन सघीय सरकार सामु थप चुनाैती खडा गरेकाे छ । यता सघीय सरकारकाे ६ महिनाकाे खर्चकाे अवस्था पनि त्यसतै निराशाजनक रहेकाे छ ।
समीक्षा अवधीमा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ । चालु आवका लागि कूल ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा दुई अर्ब ४६ करोड दुई लाख मात्रै खर्च गरेको छ ।
सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४ दशमलव ८२ प्रतिशत मात्रै खर्च गरेको छ ।
त्यसैगरी कर्णाली प्रदेशले १५ दशमलव १४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । त्यसतै लुम्बिनी प्रदेशले कूल ३८ अर्ब ९७ करोडको वार्षिक बजेट ल्याएकोमा १९ दशमलव ३६ प्रतिशत अर्थात् सात अर्ब ५३ करोड ६१ लाख बराबर मात्र खर्च गरेको छ ।
गत पुस मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९ दशमलव ३६ प्रतिशत छ । कूल ३२ अर्ब ९७ करोड ८६ लाखको वार्षिक बजेट ल्याएको गण्डकी प्रदेशले पुस मसान्तसम्ममा छ अर्ब ३८ करोड ४७ लाख खर्च गरेको हो ।
प्रदेशगत रुपमा चालु आवका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट ल्याएकोमा विनियोजनको १६ दशमलव २७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख बराबर मात्रै खर्च भएको छ ।
तुलनात्मक रुपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ ।
मा प्रकाशित