नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा

आर्थिक परिवेश

२९ माघ,काठमाडौ ।    नेपाल भ्रष्टाचार हुने मुलुकको एक सय सातौँ स्थानमा परेको छ । गत बर्ष नेपालकाे अवस्था अघिल्लाे बर्षकाे तुलनामा १ अ‌कले सुधार भएकाे  छ ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका अनुसार नेपालले १०० अङ्कमा जम्मा ३४ अङ्क प्राप्त गरेको छ ।

दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ ।

यस्तै, साउथ सुडान आठ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट जनाउँछ । सर्वेक्षण गरिएका मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ ।

मा प्रकाशित