०६ फागुन, काठमाण्डौ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि सिलिङ निर्धारण गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने स्रोत अनुमान समितिले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण गरी त्यस सम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।
चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।
आयोगले चालु आवको बजेट भन्दा करिब १० देखि १२ प्रतिशत सम्म वृद्धि हुने गरी करिव साढे १८ खर्बको हाराहारीमा हुने गरी स्रोत अनुमान गरेको छ ।
फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था हाल रहेको छ ।
मा प्रकाशित