महासंघकाे कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत

आर्थिक परिवेश

२८ फागुन, काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत हुनु भएकाे छ ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गर्नु भएकाे हाे  ।

उनले महासंघ उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसक्नु भएकाे छ ।

एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध रहेर व्यवसाय सञ्चालन गदै अाउनु भएकाे छ  ।

महासंघ कोषाध्यक्ष निरक केसी काे  १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नु हुनेछ  ।

मा प्रकाशित