निजी क्षेत्रले राहत पाउने गरी आगामी बजेटको तयारी भइरहेको छ : अर्थमन्त्री पौडेल

आर्थिक परिवेश

३० चैत्र, रुपन्देही ।    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले राहत पाउने गरी आगामी बजेटको तयारी भइरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयको राजश्व परामर्श समितिले आज रुपन्देहीमा आयोजना गरेको आव २०८२/०८३ को बजेट तथा नीति कार्यक्रमको सन्दर्भमा अन्तरक्रियामा उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रले महशुस गर्ने गरी बजेटको तयारी गरेको बताउनुभयो ।

“निजी क्षेत्रका तीन वटै सङ्गठनका अध्यक्षलाई राजश्व परामर्श समितिमा राखेर बजेट तयारी गरिएको छ, सरकारले निजी क्षेत्र सबल नभए आर्थिक समृद्धि सम्भव नभएको बुझेको छ”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको सरकार बनेपछि अर्थतन्त्रमा सुधार भइरहेको बताउनुभयो । “बजेट निर्माण गर्दा कार्यान्वयन योग्य, भौतिक र मानवीय विकासमा केन्द्रित र उत्पादन  उत्पादकत्व बढाउने विषयमा  बजेट केन्द्रित रहने बताउनु   भयो ।

कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यक्ष, आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभाग महानिर्देशक महेश भट्टराईलगायतले उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञहरुले दिएको सुझावका आधारमा बजेट बनाइने बताउनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका एजाज आलम, चेम्बर अफ कमर्सका टंक पोखरेललगायतले बजेटमा समेटिनुपर्ने विषय राख्नुभएको थियो ।

मा प्रकाशित