नौ महिनामा शोधनान्तर स्थिति  तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

आर्थिक परिवेश
२९ वैशाख काठमाडौँ ।    चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति  तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ  ।
त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता  एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर  सात अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर  चार अर्ब ७८ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ४९ करोड थियो ।
कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा  २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ ।
अमेरिकी डलर सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा  १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई रु २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा  एक खर्ब ९२ अर्ब ५५ करोड रहेकाे थियाे ।
मा प्रकाशित