सुपरिवेक्षण क्षमता बढाएर राष्ट्र बैङ्कको क्षमता बढाउनु आवश्यक छ : गर्भनर पौडेल

आर्थिक परिवेश

०७ जेठ, काठमाडौ ।   नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताउनु भएको छ ।

बालुवाटारस्थित बैङ्कको केन्द्रिय कार्यालयमा बुधवार पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्दै आफूले काम गर्ने स्पष्ट पार्नुभयो ।

वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ गर्भनर पौडेलले भन्नुभयो ।

मौद्रिक नीति र नियम कसिलो बनाउने भन्दा पनि सुपरिवेक्षण क्षमता बढाएर राष्ट्र बैङ्कको क्षमता बढाउनुपर्नेमा जोड दिनु भयो ।

बैङ्क तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर र सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर अघि बढ्छौ गभर्नर पौडेलले भन्नुभयो ।

नवनियुक्त गभर्नर डा. पौडेलले ५०० र एक हजार रुपैया दरका बैङ्क नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गरेर कार्यभार सम्हालनु भएको छ ।

पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको थियो ।

मन्त्रिपरिषदको मंगलवारको बैठकले पौडेललाई नेपाल राष्ट्र बैकको गर्भनर नियुक्त गरेको थियो ।

मा प्रकाशित