११ महिनामा लक्ष्यको ८३.२२ प्रतिशत राजस्व संकलन

आर्थिक परिवेश

१ असार काठमाडौं  ।    चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।

गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो ।

अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

मा प्रकाशित