नेपाल अल्प विकसित मुलुकबाट स्तरोन्ती हुनका लागि आवश्यक विभिन्न पक्षका वारेमा छलफल

आर्थिक परिवेश

२४ कार्तिक, काठमाण्डौ ।    सरकारले नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्त्ती गर्ने सम्बन्धमा हालसम्म भएको तयारीका वारेमा सोमवार छलफल गरेर सम्बद्ध विभिन्न पक्षबाट सुझाव लिएको छ ।

अर्थ मन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा भएको बैठकमा नेपाल अल्प विकसित मुलुकबाट स्तरोन्ती हुनका लागि आवश्यक विभिन्न पक्ष, तयारीको अवस्था, प्रगतीको अवस्था तथा नेपाल स्तरोन्त्ती हुँदाका फाइदा तथा वेफाइदा लगायतका विषयमा छलफल भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

योजना आयोगका पूर्व उपाध्यक्षहरु, सचिवहरु,सरकारी सम्वद्ध पदाधिकारीहरु सहित निजीक्षेत्रका ३ वटै निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागि बैठकमा नेपाल सन् २०२६ नोभेम्बरमा अल्पविकसित मुलुकको हैसियतबाट स्तरोन्नत्ती हुँदा नेपालले विश्वव्यापी रुपमा नेपालले लिन सक्ने फाइदा तथा बेफाइदाका वारेमा सहभागिहरुले विशेष चासो राख्नु भएको थियो ।

बैठकमा नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्त्ती गर्ने सम्बन्धमा सहभागि विभिन्न व्यक्तित्वहरुबाट महत्वपूर्ण सुझावहरु आएको योजना आयोगका सहायक प्रवक्ता प्रवक्ता डा दिवाकर लुईटेलले जानकारी दिनु भयो ।

बैठकमा पूर्व उपाध्यक्षहरु तथा सरकारी निकायका प्रतिनिधिहरुले निर्धारित समयमा नेपाल स्तरोन्तीमा जानु पर्नेमा जोड दिनु भएको थियो भने निजी क्षेत्रका प्रतिनिधिहरुले अहिलेको अवस्थामा नेपाल स्तरोन्तीमा नगै समय पर सारेर पछि जानु पर्ने सुझाव दिनु भयो भएको थियो ।

बैठकमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्राप्त सुझावहरुलाई लिपिवद्ध गरी मन्त्रिपरिषदमा छलफल गरेर सरकार अघि बढने बताउनु भयो ।

बैठक पछि रेडियो नेपालसंग कुरागर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा पुष्पराज कँणेलले शासन प्रणालीमा सुधार गरेर र तिनै तहका सरकारहरु बीच प्रभावकारी समन्वय गरी निर्धारित समयमा नेपाललाई स्तारोन्ती गर्न आवश्यक भएको सुझाव दिएको बताउनु भयो ।

मा प्रकाशित