प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले बुझाउनु भयाे सम्पत्ति विवरण

आर्थिक परिवेश

 २८ कात्तिक काठमाडौँ ।    प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ ।

प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीले सम्पत्ति विवरण बुझाउनु भएको छ ।

त्यसै गरी अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाउनुभएको छ।

त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल; उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि डा महावीर पुनले पनि सम्पत्ति विवरण बुझाउनु भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिकमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्चत्री सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मा प्रकाशित