जापानले नेपाललाई करिब ३१.७६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने

आर्थिक परिवेश

१७ मंसिर, काठमाण्डौ ।    जापान सरकारले नेपालललाई करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।

काठमाण्डौको कोटेश्वर चोक सुधार आयोजनाका लागि नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौतामा बुधवार हस्ताक्षर भएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहबीच ३४ दशमलव ५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत प्राप्त हुने उक्त ऋणको ‘ग्रेस’ अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक शून्य दशमलव दुई प्रतिशत ब्याजदर रहनेछ ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

मा प्रकाशित