
२१ मंसिर, काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले जेन्जी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि भएकोले आन्दोलमार्फत युवाहरुले भ्रष्टाचारको अत्य र सुशासनको ग्यारेन्टी खोजेको बताउनु भएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री खनालले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि भएकोले उनीहरुमाथीको आक्रमण ठिक होइन भन्दै निजी क्षेत्रको संरक्षण लागि सबैले जोड दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
निर्वाचन अपरिहार्य रहेको भन्दै अर्थमन्त्री खनालले थपे, ‘कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चियको दिशामा लैजानु हो भन्नु भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको अनिमितताको एक अंश रहेकाले यसलाई राष्ट्र बैंकले अक्षम्य विषयको रुपमा लिने बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी नै गर्दैनौँ वा भएको लगानी पनि फिर्ता गर्छौँ नभनेको र नेपालमा लगानी गर्न लगानीकर्ताहरु उत्साहित नै रहेको बताउनु भयो ।
ज्ञवालीले हाल १७ सय अर्ब बराबरका प्रोजेक्टहरु पाइपलाइनमा रहेको पनि बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र संगै अगाडी नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे लगायतले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठुलो चुनौतीको रुपमा रहेको बताउनु भयो ।
मा प्रकाशित