
१४ पुष, काठमाण्डोै । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा.रेवतबहादुर कार्कीले केन्द्रीय बैंकले उदार र विवेकशील भएर नियमन गर्न आवश्यक रहेको बताउनु भएकाे छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाण्डाैमा आयोजना गरेको नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उहाँले नेपाली बैंकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठूलो योगदान दिनसक्ने धारणा राख्नुभयो ।
संयोजक डा कार्कीले नेपाल–भारतबीच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैंकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको बताउनुभयो ।

कार्यकममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताउनु भयाे ।
उहाँले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गर्नुभयो ।
पचास हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।
त्यस अवसरमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा.रेवतबहादुर कार्कीले केन्द्रीय बैंकले उदार र विवेकशील भएर नियमन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मा प्रकाशित