५ महिनामा विप्रेषण ८ खर्ब ७० अर्ब ३१ करोड रुपैया आयाे

आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ ।    चालु आवको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब ३१ करोड रुपैया बराबर पुगेको छ ।

मंसीर महिनामा गत वर्षको सोही महिनाको तुलनामा ३५.६ प्रतिशतले रेमिट्यान्स बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरगेको छ ।

देशमा रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगारको खोजीमा विदेशिदा रेमिट्यान्स रकम हरेक महिना चुलिँदै गएको छ ।

२०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्ष मंसीर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रकम रेमिट्यान्सको रुपमा भित्रिएको थियो ।
चालु आवमा भित्रिएको रकमलाई डलरमा गणना ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ३.४ प्रतिशतले मात्रै डलर रेमिट्यान्स बढेको थियो ।

मंसीरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई

मा प्रकाशित