संखुवासभा र ताप्लेजुङ क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

आर्थिक परिवेश

१५ फागुन, काठमाडौं ।   संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।

विहान सबेरै गएकाे भुकम्पमा परेर मानविय क्षतिकाे भएकाे जानकारी अहिले सम्म प्नाप्त नभएकाे स्थानीय प्रशासनहरूले जनाएका छन् ।

 त्यस क्षेत्रमा शुक्ववार  बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो ।

बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए ।

प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
मा प्रकाशित