अर्थले मन्त्रालयहरुलाई पठायो आर्थिक बर्ष २०८३।८४ को बजेटको सिलिड.

आर्थिक परिवेश

१७ फागुन, काठमाण्डौ ।    अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०८३।८४को लागि नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुलाई बजेटको शिलिड. पठाएको छ ।
आगामी आर्थिक बर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायहरुलाई गत बर्षको शिलिड.को हाराहारीमा तर केही कम बजेटको शिलिड.पठाएको अर्थ मन्त्रालय बजेट मशाशाखा प्रमुख सहसचिव डा. सुमन दाहालले जानकारी दिनु भयो ।

अर्थ मन्त्रालयले पठाएको यही शिलिड.भित्र रहेर सबै मन्त्रालय तथा निकायहरुले आगामी आर्थिक बर्षका लागि कार्यक्रम र बजेट तर्जुमा गरी अर्थ मन्त्रालमा समक्ष पठाउने छन् ।

त्यसमा योजना आयोग तथा अर्थ मन्त्रालयमा विभिन्न तहमा छलफल गरी बजेटमा समावेश गर्ने गरी अन्तिम टुड.गो लगाइने छ ।

यस अघि अर्थ मन्त्रालयले शुक्रवार नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुका लागि बजेटको शिलिड. पठाउने निर्णय गरेको थियो ।

सोही दिन अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा कर र राजस्वका विषयमा सुझाव लिन अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा राजस्व परामर्श समिति तथा उप समितिहरु गठन गरी सम्बद्ध सबैलाई सुझाव दिन आग्रह गरेको थियो ।

मा प्रकाशित