
२० फागुन, काठमाण्डौ । विश्वमा बढ्दो भूराजनीतिक तनावले नेपालको आर्थिक वृद्धिदरलाई थप नकारात्मक बनाउन सक्ने राष्ट्र बैंकले औल्याएको छ ।
माइक्रोइकोनोमिक रिपोर्ट २०२६ सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतन्त्रको विकासमा भूराजनीतिक तनाव बढ्न नहुने उल्लेख गरेको छ । हाललाई नेपालको आर्थिक वृद्धि ४ प्रतिशतसम्म रहन सक्ने अध्ययनको अनुमान छ ।
आर्थिक वृद्धिका जोखिमहरुबारे उल्लेख गर्दै प्रतिवेदनले सामान्य अवस्थामा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत हाराहारीमा रहे पनि पछिल्लो समयको राजनीतिक अस्थिरताले सुधारभन्दा गिरावटको जोखिम बढाएको उल्लेख गरेको छ ।
प्रतिवेदनले रुस र युक्रेन युद्ध तथा अमेरिका र भेनेजुएला तथा इरानबीचको तनावले विश्वबजारमा वस्तुको मूल्य र आपूर्तिमा अनिश्चितता बढाएको उल्लेख गर्दै नेपालमा पनि त्यसको नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ ।
नेपालजस्तो आयात निर्भर मुलुकका लागि मध्यपश्चिममा बढ्दै गएको द्वन्द्वले आयात लागत बढाउने र महंगी बढ्ने देखिन्छ प्रतिवेदनले भनेको छ ।
मा प्रकाशित