
०२ चैत्र, काठमाण्डौ । विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तार गर्ने उद्देश्यले ‘ग्लोबल मनी विक २०२६’ सोमवारदेखि नेपालमा आरम्भ भएको छ ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो । यस बर्षकाे ग्लाेबल मनि विककाे नारा Smart Money Talks रहेकाे छ ।
सप्ताह अन्र्तगत पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहँुदै नेपाल राष्ट बैकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले पैसा कसरी कमाउने,कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने वारेमा परिवारका सदस्यहरूलाई शिक्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले पैसाको उचित तथा आदर्शतम व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।
सो अवसरमा राष्ट्र बंकैका कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी,
सहकारी विभागका उप–रजिष्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिनुभयो । त्यस अवसरमा उहाँहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिनुभएको थियो ।

चैत ८ गतेसम्म सञ्चालन हुने सप्ताह अन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विभिन्न किसिमका वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग,नेसनल बैंकिङ इन्स्टिच्यटु लिमिटेडबाट अलगअलग रूपमा युवातथा विद्यार्थी लक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरू समेत आयोजना हुनेछन् ।
साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
सप्ताह अन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।
सप्ताह अन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चतेनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चतेनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिने भएकाछन् ।
यसै गरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाहरुको अवलोकन भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको नेपाल राष्ट्र बैकले जनाएको छ ।
ग्लोबल मनि विकको आयोजनाबाट विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचतेना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
Organization for Economic Cooperation and Development (OECD)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ मुलकका सात करोडभन्दा बढी बालबालिका र युवाहरू लाभान्वित भएको OECD ले जनाएको छ ।
ग्लोबल मनी विकको स्थायी नारा Learn.Save and Earn भन्ने रहेको छ । यसै सन्र्दभमा रेडियो नेपालले यस क्षेत्रका विज्ञहरुलाई उपस्थित गराएर ग्लोबल मनि विक विशेष परिसम्वाद कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम रेडियो नेपालबाट चैत्र ३ गते विहान ७ ४० बजे प्रसारण हुनेछ ।
मा प्रकाशित