
१२ चैत काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले बिहिवार पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ।
बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे । उहाँहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिनु भएकाे हाे ।

यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराउनु भएकाे थियाे । राष्ट्रपतिबाट शपथ लिएकाे ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ।

ससदकाे बैठकमा नेपाली काँगंेस नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेलाइ एकै राेमा बसने व्यव्सथा गरिएकाे छ ।
मा प्रकाशित