सातामा २ दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

आर्थिक परिवेश

२२ चैत,काठमाण्डाै ।    सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारले दुई दिन बिदा दिने निर्णय गरेकाे हाे ।

चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण सरकारी संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पाेखरेलले बताउनु भयाे ।

सरकारले कार्यालय समय भने बिहान ९ बजेदेखि ५ बजेसम्म रहने व्यवस्था गरिएको छ ।

बैंकहरू पनि दुई दिन बन्द हुने

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैंक पनि सरकारी कार्यालय नै भएकाले सरकारकै निर्णयअनुसार नै दुई दिन बिदा हुने भएको हो । राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बिदा गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंक बिदा भएको समयमा कारोबार सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ ।

मा प्रकाशित