
१५ बैशाख, काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव पेस गरेको छ ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मंगलवार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको हो ।
चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा जोड दिदै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ ।
चेम्बरले कृषि क्षेत्रमा आधुनिकीकरण,सहुलियत कर्जा र बजार पहुँच विस्तार,पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तरराष्ट्रिय प्रवद्र्धन,उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने
प्रक्रियागत सहजता, सूचना प्रविधिमा कर छुट तथा ‘डिजिटल’ पूर्वाधार विस्तार, ऊर्जा क्षेत्रमा निजी लगानी प्रवद्र्धन तथा जलविद्युत् विकासलाई तीव्रता दिनुपर्ने लगायतका सुझाव दिएको छ ।
सुझाव ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुधारका विभिन्न कदम अघि बढाइसकेको उल्लेख गर्नुभयो ।
उहाँले राजस्व अनुसन्धान विभाग खारेज गरिसकिएको, करका दर घटाउने योजना रहेको भन्दै अब राजस्व बढ्न, रोजगारी सिर्जना हुन र अर्थतन्त्रको आकार विस्तार हुन आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री डा वाग्लेले आगामी बजेट व्यवसायी तथा आम नागरिकलाई हौसला मिल्ने खालको हुने उल्लेख गर्नुभयो ।
साथै, निजी क्षेत्रबाट आएका रचनात्मक सुझावहरूलाई बजेट निर्माणमा संभव भएसम्म समटने प्रतिबद्धता जनाउनुभयो ।
मा प्रकाशित