नेपाल राष्ट्र बैंकले बुझायाे पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

आर्थिक परिवेश

  २८ बैशाख काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाउनुभएको हो ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

मा प्रकाशित