राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराउनुभएको हो ।
सरकारले साइबर सुरक्षा, हरित कम्प्युटर र एआई कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उहाँले उल्लेख गर्नुभयो ।
‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रुपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताउनुभयो ।
“सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सह लगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो ।
