
२८ बैशाख, काठमाण्डौ । चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधीमा नेपालमा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैया बराबरको रेमिटेन्स आएको नेपाल राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहको छ ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
मा प्रकाशित