बजेटमार्फत अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउन अर्थविद्हरूकाे सुझाव

आर्थिक परिवेश

०७ जेठ, काठमाण्डौ ।   अर्थविद्हरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा अर्थविद्हरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्यसम्पादनमा आधारित प्रणाली अपनाउनुपर्ने बताउनुभयो ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धीे छलफलमा अर्थविद्हरूले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो ।

अर्थविद्हरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्द्धन गर्नुपर्ने र अर्थतन्त्रलाई अझै सढृद बनाउन नवप्रवर्तनमैत्री नीतिको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विज्ञहरूको सुझावलाई समेटी संरचनात्मक र नीतिगत सुधारसँगै बजेट प्रणालिको प्रभावकारिता बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

मा प्रकाशित