अर्थमन्त्री डा स्वर्णीम वाग्लले आज संसदमा बजेट पेश गर्ने

आर्थिक परिवेश

१५ जेठ, काठमाडौं ।   सरकारले अाज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको लागि २०८३/०८४ का लागि बजे ल्याउने भएकाे छ ।

जेठ १५ गते संघीय सरकारले संसदकाे संयुक्त बैठकमा संघीय बजेट पेश गर्नु पर्ने व्यवस्था बमाेजिम अर्थमन्त्री डा स्वर्णीम वाग्लले बजेट पेश गर्न लाग्नु भएकाे हाे ।

यस अघि अर्थमन्त्रीले बिहिवार राष्टपति रामचन्द्र पाैडेलसंग बजेटका वारेमा छलपफल गर्नु भएकाे थियाे ।

अाज प्रस्तुत गर्ने तयारी भएकाे बजेटमा मुख्य रूपमा   भौतिक र डिजिटल पूर्वाधारलाई प्रमुख प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्षको लागि विशाल बजेट ल्याउने तयारी गरेको हाे ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेकाे बजेट स्रोत समितिले  सरकारलाइ १८ खर्ब ९० अर्ब रुपैयाँको बजेटको सीमा निर्धारण गरेकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले त्यसभन्दा तीनदेखि साढे ३ खर्ब ठूलो बजेट ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

यसअघि अघिल्लै चुनावी सरकारले गत फागुनको तेस्रो साता चालु आर्थिक वर्षको बजेटभन्दा पनि घटाएर १९ खर्बभन्दा तलको सीमा निर्धारण गरेको थियो ।

तर, चुनावपछि बनेको नयाँ सरकारले पूर्वाधारमा लगानी विस्तार गर्ने मात्रै होइन, कर्मचारीको तलब वृद्धि समेत गर्ने गरी बजेटको आकारमा सम्झौता नगर्ने नीति लिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

चालु आवको बजेटका आधारमा अद्यावधिक गरिएको मध्यकालीन खर्च संरचना (एमडीईएफ)ले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २८ अर्बसम्मको बजेट ल्याउनेसक्ने सुविधा दिएको थियो ।

तर, यो वर्ष उपलब्ध ‘फिस्कल स्पेस’समेतलाई पूर्ण रुपमा उपयोग गर्ने रणनीतिमा अर्थमन्त्री गएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेटले १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा सरकारले १२ खर्ब ९८ अर्ब राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ ।

विगतको परम्परा हेर्दा अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष राजस्व संकलनको लक्ष्य २५ प्रतिशतसम्मले बढाउने गरिन्छ ।

तर, यस वर्षको राजस्व संशोधित लक्ष्य बमोजिम पनि नहुने सम्भावना रहेकाले त्यसमा २० प्रतिशतको मात्रै वृद्धिको लक्ष्य राख्दा पनि सरकारले राजस्वबाट १७ खर्ब ५७ अर्ब रुपैयाँ संकलन गर्ने भनेर बजेटमा उल्लेख गर्न सक्ने स्रोतको भनाइ छ ।

मा प्रकाशित