मधेशका शत प्रतिशत जनसंख्या बीचमा विद्युत पहूँच

आर्थिक परिवेश

३१ जेठ, जनकपुरधाम ।    मधेश प्रदेशका शत प्रतिशत जनसंख्या बीचमा विद्युत सेवा पुगेको छ ।

मधेश प्रदेशका अर्थमन्त्री यूवराज भट्टराईले आर्थिक वर्ष २०८२/०८३ का लागि आज प्रदेशसभाको बैठकमा पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा राष्ट्रिय प्रसारणमार्फत मधेश

प्रदेशका १ सय ३६ पालिकाको १ हजार २ सय ७१ वडाका सवै घर धुरीमा विद्युत सेवा पुगेको र सबै पालिकाहरुमा बैंक तथा वित्तिय सेवाको पहुँच भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।

मधेश प्रदेशका १ सय ३६ पालकामा १ हजार ७ सय ५४ शाखामार्फत बैंकिङ्ग सेवा दिने काम भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।

आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक बृद्धि दर कृषि क्षेत्रमा आएको ह्रासका कारणले १.३१ प्रतिशत मात्र हुने जनाएको छ ।

मधेशको आर्थिक विकासमा कृषि क्षेत्रको योगदान अहिले पनि महत्वपूर्ण रहेको अर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।

प्रदेशको आर्थिक क्षेत्रको विकासमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान निक्कै ठूलो रहेको छ । यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहेको अर्थमन्त्रीले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।

मधेश प्रदेशको अर्थतन्त्र अहिले कृषि क्षेत्रमा नै निर्भर रहेको संकेत यसले दिएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । अन्न बालीको उत्पादनमा ह्रास आएपनि तरकारी, फलफूल तथा माछा मासुको उत्पादनमा बृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ ।

अर्थमन्त्री यूवराज भट्टराईले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि जनाएको छ ।

मधेश प्रदेशसभाको अर्को बैठक असार १ गते बस्ने भएको छ ।

यसअघि बैठकमा सभामुख रामआशिष यादवले मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमसहितको बजेट असार १ गते प्रदेशसभाको बैठकमा पेश गर्ने जानकारी दिनुभएको थियो ।

facebook sharing button
twitter sharing button
मा प्रकाशित