
०१ असार, मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशसभामा आज बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.३१ प्रतिशत हो।
त्यस्तै पुँजीगत खर्चका लागि ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६५।६९ प्रतिशत रकम छुट्याइएको छ।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिनुहुँदै मन्त्री तामाङले कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ तथा सङ्घीय वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको बताउनुभयो।
यस्तै, चालु आर्थिक वर्षको सञ्चित कोषको अनुमानित बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ जुटाइने जनाइएको छ।
बाँकी ९६ करोड रुपैयाँ अन्य संस्थामा गरिएको ऋण लगानी फिर्ताबाट प्राप्त हुने अपेक्षा गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो ।
मा प्रकाशित