
०८ असार, सुर्खेत । पूर्व र्अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ ।
पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले साेमवार दिउँसो सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आइपुग्नुभएका पौडेललाई पक्राउ गरेर हवाई वा स्थल मार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ लैजाने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
उहाँलाई वीरेन्द्रनगरस्थित होटलमा भइरहेको कार्यक्रम स्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
सुरक्षा स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।
यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिनुभएको थियो ।
मा प्रकाशित