११ महिनामा सरकारकाे विकास खर्च ३४.८७ प्रतिशत मात्र

आर्थिक परिवेश

१३ असार,काठमाण्डौ ।    चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी हुँदासम्म सरकारले लक्ष्यको ७५.१७ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड राजश्व सङ्कलन गर्नका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर सङ्कलन गर्नुपर्ने हुन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्वतर्फ लक्ष्यको ७६.२० प्रतिशत १० खर्ब १० अर्ब १६ करोड तीन लाख सङ्कलन भएको छ ।

गैरकरतर्फ भने एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख संकलन भएको छ । यस अवधीमा कूल सरकारी खर्च ७१.५३ प्रतिशत अर्थात १४ खर्ब ४ अर्ब ९८ करोड ८६ लाख बराबर भएको छ ।

यस अवधीमा चालु खर्च भने ८०.४२ प्रतिशत अर्थात ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख भइसकेको छ ।

यस अवधी सम्ममा पूँजीगत खर्च १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख अर्थात लक्ष्यको ३४.८७ प्रतिशत भएको छ । चालु आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख पूँजीगत खर्च गर्ने लक्ष्य तय भएको छ ।

मा प्रकाशित