कालोसूचीमा झर्ने उच्च जोखिमबाट माथि उठन सम्पत्ति शुद्धीकरण विधेयक : अर्थमन्त्री

आर्थिक परिवेश

२० असार,काठमाण्डाैं ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल खैरोसूचीबाट कालोसूचीमा झर्ने उच्च जोखिममा रहेको बताउनु भएकाे छ।

शनिबार राष्ट्रिय सभाको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले तत्काल आवश्यक सुधार गर्नु पर्ने  अवस्था रहेको बताउनु भयाे ।

२०८१ फागुनदेखि नेपाल खैरोसूचीमा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले तदारुकताका साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक सम्पत्ति शुद्धीकरणकाे कालाे सूचीमा पुग्न सक्ने बताउनु भयाे ।

‘मुलुक २०८१ फागुनदेखि खैरो सूचीमा छ। अहिले तदारुकताका साथ हामीले काम गनै सकेनौँ भने हामी कालो सूचीतिर झर्दै छौँ र कालो सूचीमा झर्नु भनेको बाँकी दुनियाँसग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो,’ अर्थमन्त्री वाग्लेले भन्नु भयाे  ।

अर्थमन्त्री वाग्लेले कालोसूचीमा परेमा नेपाल पनि सोमालिया, हाईटी जस्तो मुलुकको दर्जामा पुग्ने भएकाेले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएर सम्पत्ति शुद्धीकरण विधेयक ल्याइएको बताउनु भयाे ।

‘कानुनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक खैरो सूचीमा परेको उहाँको भनाइ थियो। अर्थमन्त्री वाग्लले वर्तमान सरकार सुशासन सम्बन्धी कार्यमा निर्मम भएर लागेको जिकिर समेत गर्नु भयाे ।

मा प्रकाशित