करदाता प्रोत्साहन उपहार अन्तर्गत विजेताहरूकाे घोषणा

आर्थिक परिवेश

काठमाडौँ।    अर्थमन्त्रालयले  करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरूकाे  घोषणा गरेको छ ।

आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट  गर्नुभयो ।

विभागका अनुसार  बम्पर उपहार कार्यक्रम अन्तर्गत रु १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाको सामान  किनेर कार्यक्रममा सहभागी भएका थिए ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने–दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

डिजिटल भुक्तानीमार्फत भएका कारोबार स्वतः प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ । पहिलो चरणमै करिब दुई करोड ५६ लाख कारोबार र ७६ अर्ब भन्दा

बढी रकमका  प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा मासिक कारोबार खर्बौँ पुग्ने विश्वास अर्थमन्त्रीले व्यक्त गर्नुभयो ।

सरकारले बिल बिजक (भ्याट बिल) लिने–दिने संस्कृतिलाई प्रवर्द्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सुरु गरेको हो ।

त्यस अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले चालु आर्थिक वर्षको साउन १ देखि १५ गतेसम्म दैनिक तथा पहिलो पाक्षिकको बम्पर उपहारका विजेता कम्प्युटर प्रणालीमार्फत छनोट गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्यान्डम स्याम्पलिङ विथआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको छ ।

यस विधिबाट सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनोटमा दोहोरिन नसक्ने तथा छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र सुरक्षित हुने उहाँको भनाइ छ ।

यही साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबारबाट करिब ८ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा खरिदको विवरण विभागको वेबसाइटमा प्रविष्ट गरिएको छ ।

विवरणअनुसार तीन हजार ९१५ विक्रेतासँग भएका कारोबार समावेश छन्भने विद्युतीय भुक्तानीमार्फत दुई करोड ५६ लाख ८ हजार ९४ वटा कारोबार भएका छन् ।

कुल कारोबार रकम रु ७६ अर्ब ६० करोड  तीन लाख २३ हजार ३८१ भएको छ । डिजिटल माध्यमबाट भएका कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था  छ ।

मा प्रकाशित