
१४ भदाै,काठमाडौँ । नेपालको पुरानाे मध्यकाे एक व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् ।