
१६ भदाै काठमाण्डाै । भोटेकाेशीमा आएको बाढी तथा पहिरोबाट ७ हजार ५७० वटा भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले यसअघि करिब ५ देखि ६ हजार भवनमा क्षति पुगेको अनुमान गरिए पनि पछिल्लो अद्यावधिक तथ्यांकअनुसार क्षतिग्रस्त भवनको संख्या ७ हजार ५७० पुगेको जानकारी दिनु भयाे ।
उहाँका अनुसार तथ्यांक संकलन र क्षतिको वर्गीकरणको काम अझै जारी रहेकाले संख्या थपघट हुन सक्नेछ।
प्रारम्भिक विवरणअनुसार नुवाकोटमा सबैभन्दा बढी ३ हजार ९७७ वटा घरमा क्षति पुगेको छ। त्यसमध्ये विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्।
त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा मात्रै १ हजार ४० वटा घरमा क्षति पुगेको छ। कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ।
धादिङमा १ हजार ४५१ घरमा क्षति पुगेको छ। बेनीघाट रोराङमा १ हजार ३७, गल्छीमा १०७, गजुरीमा ८९ र सिद्धलेकमा २२८ घरमा क्षति पुगेको बोहोराले बताए।
यसैगरी, गोरखामा २६३ र चितवनको इच्छाकामना गाउँपालिकामा १६१ घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। गोरखाको गण्डकी गाउँपालिकामा २४८ र सहिद लखन गाउँपालिकामा १५ घरमा क्षति पुगेको छ।
मा प्रकाशित