
२० भदाै काठमाडौँ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रमिक रुपमा बढ्दै गएको छ ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल सम्ममा ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप १ कराेड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
मा प्रकाशित