शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

आर्थिक परिवेश

 २५ भदाै, काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने  निर्णय पनि गरेकाे छ ।

बैठकले  अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले बताउनुभयो ।

बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिव घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल,  सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता पोखरेलले पत्रकारहरूको जिज्ञासामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका लागि सांसद दीपक कुमार शाहको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।

मा प्रकाशित