
२५ असाेज,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३७ अर्ब बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले चालू आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
प्रदेश सरकारले चालू आवको तीन महिना पुग्नै लाग्दा ल्याएको बजेटमा सुशासन प्रवर्द्धन, सामाजिक न्याय, रोजगारी सिर्जनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकारअनुसार नै रहेको छ ।
प्रस्तुत बजेटमा तत्कालीन सरकारले ल्याएका अधिकांश योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ । बजेट भाषण पछि पत्रकारसँग कुरा गर्दै आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले गत असार १ गते प्रदेश सभामा पेश गरिएको बजेटमाथि टेकेर परिमार्जित गरि बजेट ल्याइएको बताउनुभयो ।
सरकारले बजेट ल्याएसँगै प्रदेशमा झण्डै तीन महिना देखिको बजेट शून्यताको अन्त्य भएको छ ।
अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ ।
यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२÷८३
को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान प्रस्ततु बजेटमा गरिएको छ ।
मा प्रकाशित