
२६ असोज, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल PEVC क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवद्र्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, अर्थ मन्त्रालयको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ तथा बोर्डको पूँजी बजार नीति
कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरोकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले यो अध्ययन सार्वजनिक गरेको छ ।
अध्ययनले PEVC लाई विशिष्टीकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सिर्जना, विदेशी पूँजी आकर्षण तथा सार्वजनिक पूँजी बजारको विस्तारसँग जोडिएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिममा आधारित नियमन, लगानीकर्ता संरक्षण,सुशासन,पारदर्शिता,सम्पत्ति संरक्षण,योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको छ ।
बोर्डले प्रतिवेदनका सुझावहरूको प्रभावकारी कार्यान्वयनबाट उत्पादनशील पूँजी परिचालन, उद्यमशीलता विकास तथा नेपालको एभ्ख्ऋ पारिस्थितिक प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेपालमा हालसम्म बोर्डबाट १९ वटा विशिष्टीकृत लगानी कोष व्यवस्थापकले अनुमति पाइसकेका छन। जसमा बैंक तथा वित्तीय संस्थासम्बद्ध ६ वटा र १३ वटा स्वतन्त्र PEVC केन्द्रित व्यवस्थापक रहेका छन ।
मा प्रकाशित