
४ मंसिर, काठमाडौं। नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्य उच्च रकमले घटेको छ । आज सुन प्रतितोला १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाले घटेको छ ।
शुक्रबार छाप भएकाे सुन प्रतितोला दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य तीन हजार ११० रुपैया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
बिहीबार छाप भएकाेे सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ कायम भै काराेवार भएकाे थियो ।
विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ।
सुनको भाउ बिहीबार तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर २ लाख ५७ हजार ६ सयमा झरेको थियो ।
गत कात्तिक २३ गते प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ३८ हजार ९ सय रुपैयाँ घटिसकेको छ।
गत कात्तिक १७ गते पनि सुनको भाउ तोलामा १२ हजार ६ सय रुपैयाँ घटेको थियो। त्यसैगरी कात्तिक २९ गते १ हजार ५ सय, ३० गते १ हजार १ सय, मंसिर १ गते १ हजार ९ सय र २ गते ६ हजार ३ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २ सय २५ रुपैयाँ घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको भाउ ३ हजार ३ सय ३५ रुपैयाँ थियो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर ३ लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
मा प्रकाशित