‘एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी’

जनार्दन शर्मा

काठमाडौं । गैर आवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था बारेको समीक्षात्मक कार्यक्रममा अर्थ मन्त्री शर्माले डलरको सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न त्यस सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

एनआरएनएहरुलाई डलरमा खाता खोल्न दिने र उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे छफफल भइरहेको पनि अर्थ मन्त्रीले बताउनुभयो ।

अर्थमन्त्री शर्माले पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाएर मात्रै डिजिटल साक्षरता व्यपाक रुपमा विस्तार गरेर मात्र डिजिटल करेन्सीमा जान सकिने उल्लेख गर्नुभयो ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो ।

मा प्रकाशित