गत बर्षको बजेट भन्दा ठूलो आकारको भयो व्यापार घाटा

आर्थिक परिवेश

काठमाण्डौ । गत आर्थिक बर्ष नेपालमा १९ खर्ब २० अर्ब मुल्य बराबरका विभिन्न प्रकारका वस्तुहरु आयात भएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा भएको आयात अहिले सम्मकै सबै भन्दा बढी हो । हालसम्मकै उच्च मूल्यका ती वस्तुहरु आयात भएका हुन् ।
गत वर्ष नेपालबाट २ खर्ब रुपैया बराबरका वस्तुको निर्यात भएको छ । आयात र निर्यातको अनुपातको आधारमा नेपालले गत बर्ष मात्र १७ खर्ब २० अर्ब ४१ करोड भन्दा बढीको व्यापार घाटा वेर्होनु परेको छ ।
नेपालमा आयात भएका कुल वस्तुमध्ये प्रमुख १० प्रकारका वस्तुको आयातमा मात्रै ५ खर्ब ९३ अर्ब ६९ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।
भन्सार विभागका अनुसार अघिल्ला वर्षहरुमा जस्तै सो वर्ष पनि धेरै आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ,खाने तेल,कोइला, सुन, स्टिल्स लगायत वस्तुहरु रहेका छन् ।
नेपालबाट निर्यात हुने वस्तुहरुमा तेल, धागो, कार्पेट, टेक्स्टायल, अलैंची लगायत रहेका छन्
गत वर्ष सबै भन्दा धेरै आयात हुने प्रमुख वस्तुमा डिजेल रहेको छ भने अन्य वस्तुहरु पेट्रोल,कच्चा भटमास,फलाम र स्टिल, पाम तेल आदि रहेका छन् । ती वस्तुको आयातका लागि नेपालले ५१ अर्ब २९ करोड ५६ लाख ७१ हजार रुपैयाँ खर्च गर्नु परेको छ ।
गत बर्ष उच्च आयात हुने ९ औं वस्तुको सूचीमा सुन परेको छ । गत बर्ष ५ हजार ५३ किलो सुन आयातका लागि मुलुकबाट ३५ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । आयातको १० औं सूचीमा भ्याक्सिन रहेको र भ्याक्सिन आयात गर्दा ३२ अर्ब रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्ष नेपालबाट २ खर्बको वस्तु निर्यात भएको छ । जसमध्ये प्रमुख १० वस्तुको स्थान १ खर्ब २७ अर्ब २८ करोड भन्दा धेरैको रहेको छ ।

मा प्रकाशित