२६ चैत्र, भैरहवा, रुपन्देही । रुपन्देहीकाे भैरहवा भन्सार नाका भएर चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान नेपालमा आयात भएको छ ।
आयातबाट भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले लक्ष्यको ५५ दशमलब २६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले वार्षिक राजस्व सङ्कलनको लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकेको थियो ।
फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ रेग्मीले जानकारी दिनुभयो ।
फागुनसम्मको असुली अघिल्लो आर्थिक वर्ष २०८०.८१ को तुलनामा १५ दशमलव ४४ प्रतिशतले बढी हो र अहिले मासिक औसतमा ८५ दशमलव ७० प्रतिशतका दरले राजस्व सङ्कलन भइरहेको छ, रेग्मीले भन्नुभयो–‘अबका बाँकी महिनामा बाँकी लक्ष्य पूरा गर्ने प्रयासमा भन्सार प्रशासन लागेको छ ।’
भैरहवा भन्सार कार्यालयको लक्ष्य ८ महिनाको ७० अर्ब ४९ करोड ६१ लाख ४० हजार थियो । हालसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ ।
विगतका वर्षहरूको तुलनामा राजस्व सङ्कलनमा धेरै सुधार भएको छ, ’रेग्मीले भन्नुभयो–‘समग्र देशका भन्सार राजस्व सङ्कलनमा भैरहवा भन्सार कार्यालयको योगदान अहिले सबैभन्दा अगाडि छ ।’
फागुन महिनामा सार्वजनिक बिदाहरू पनि अलि धेरै भएको र त्यसले गर्दा केही कम राजस्व सङ्कलन हुन पुगेको उनले बताए । ‘नत्र यो आँकडा अझै बढ्ने थियो, ’उनले भने–‘अब बाँकी ४ महिनामा लक्ष्य पूरा हुने गरी राजस्व सङ्कलन हुने विश्वास छ ।’
भैरहवा नाका हुँदै आयात हुने सामानमा यो ८ महिनामा सबैभन्दा बढी राजस्व दुईपांग्रे सवारी (मोटरसाइकल) बाट प्राप्त भएको छ ।
टरसाइकलले कुल १० अर्ब ९३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व बुझाएको छ ।
यी मुख्य १० वस्तु आयात हुँदा ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । ८ महिनामा यो नाकाबाट कुल १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान आयात भएको छ ।
मा प्रकाशित