जापानले नेपाली कर्मचारीलाई छात्रवृतिमा उच्च शिक्षा प्रदान गर्ने ।

आर्थिक परिवेश

काठमाण्डौ । जापान सरकारले नेपालललाई मानवीय संशाधन विकास परियोजना कार्यान्वयनका लागि ३५ करोड अनुदान सहयोग दिने भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित सहयोग सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनि तथा जापान सरकारको तर्फबाट चाल्र्स डि अफेयर्स तामुरा ताकाहिरोले हस्ताक्षर गर्नु भयो ।
त्यसै गरी सोही समारोहमा समझदारी पत्रमा अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव इश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रतिनिधि तनका टोमोकोले पनि हस्ताक्षर गर्नु भयो ।
समझदारी अनुसार नेपाल सरकारका अधिकृतहरुलाई जापानमा उच्च शिक्षा आर्जनका लागि छात्रवृति प्रदान गन्छि ।
सहयोगअन्र्तगत पहिलो चरणमा नेपाल ८० जना सरकारी कर्मचारीहरुले स्नातकोत्तर अध्ययन सम्पन्न गरी नेपाल फर्किसक्नु भएको छ ।
सहयोग रकम छात्रवृतिमा अध्ययन गर्न जाने थप २० जनालाई निजामती कर्मचारीहरुलाई स्नातकोत्तर र दुईजना कर्मचारीहरुलाई पिएचडि तहको अध्ययनका लागि जापानको विश्वविद्यालयहरुमा पढन, खान बस्न र वीमा लगायतका कार्यमा खर्च गरिने छ ।
कार्यक्रममा बोल्दै अर्थ सचिव मधुकुमार मरासिनीले सहयोगले नेपाली निजामती कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि योगदान गर्ने बताउनु भयो ।
नेपालस्थित जापानी राजदुतावासका चाल्र्स डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगले नेपालको आर्थिक सामाजिक विकास तथा दुई देशको आपसी सम्बन्ध अभिवृद्धिमा मद्दत पुग्ने बताउनु भयो ।

 

मा प्रकाशित