ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका लागि  स्थगित गरे पछि त्यसकाे  प्रभाव विश्व बजारमा

आर्थिक परिवेश

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि  स्थगित गरे पछि त्यसकाे  प्रभाव विश्व देखिएकाे छ ।

ट्रम्पले अघि सारेकाे कर नीतिका सम्बन्धमा  व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय स्थगित गर्नु परेको बताउनु भएकाे छ  ।

तर उहाँले चीनलाई भने यो छूटमा समावेश गर्नु  भएकाे छैन् । उहाँकाे भनाइमा   चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्‍याइएकाे छ। ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन्।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु।

यो निर्णय तत्काल लागू हुनेछ। चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ।’

ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गर्नु भएकाे छ ।

‘७५ भन्दा बढी देशहरूले अमेरिकासँग सम्पर्क गरेका छन् र मेरा सशक्त सुझावमा अमेरिका विरुद्ध कुनै जवाफी कदम चालेका छैनन्। त्यसैले मैले ९० दिनका लागि भन्सार कर रोक्ने निर्णय गरेको हुँ। यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ,’ उहाँले भन्नु भयाे ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । उनले भने, ‘जुन देशहरू अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन्।’

भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१ लाख करोड डलरले बढेको छ।

चीनमाथि भन्सार शुल्क किन बढाइयो ?

अमेरिका चीनबाट ४४० अर्ब डलरको आयात गर्छ। यसमा १२४ प्रतिशत भन्सार शुल्क लगाइएको छ।

यसले गर्दा अमेरिकी कम्पनीहरूले वैकल्पिक आपूर्तिकर्ता खोज्नुपर्ने बाध्यता आएको थियो। त्यसैले बाँकी देशमाथिको भन्सार शुल्क रोक्नु आवश्यक थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार ट्रम्पले ती देशहरूलाई पुरस्कारस्वरूप भन्सार शुल्क हटाएका हुन्, जसले अमेरिकाविरुद्ध मोर्चाबन्दी गरेनन्।

तर चीनले बुधबार अमेरिकामाथि भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत गर्‍यो, त्यसैले ट्रम्पले जवाफमा चीनमाथि भन्सार शुल्क १०४ प्रतिशत बाट १२५ प्रतिशत पुर्‍याएका हुन्।

ईयूसँग अझै अस्पष्ट

ईयूका २७ सदस्य राष्ट्रहरूले बुधबार २३ अर्ब डलरको अमेरिकी सामानमाथि भन्सार शुल्क प्रस्ताव पास गरेका थिए। तर युरोपमाथि कति भन्सार शुल्क लाग्ने भन्ने विषयमा ट्रम्प प्रशासनले स्पष्ट पारेको छैन ।

ट्रम्प प्रशासनले ९० दिन भन्सार शुल्क वृद्धि रोक्नु उनीहरूको रणनीतिक काम हो। ट्रम्पले ७५ देशहरूले उनीसँग सम्झौताको आग्रह गरेका दाबी गरेका छन् । उनले अबको समय यी देशहरूसँग बार्गेनिङ गर्न प्रयोग गरिने स्पष्ट पारेका छन् ।

मा प्रकाशित